दफा ७
केन्द्रको सम्पत्तिको संरक्षण
केन्द्रको सम्पत्ति नेपालभित्र जहाँ जुनसुकै व्यक्तिसंग रहेको भएतापनि कसैले पनि कुनै पनि प्रकारबाट खानतलासी, अपहरण, अधिग्रहण गर्न वा त्यस्तो सम्पत्तिमा हस्तक्षेप तथा हानी नोक्सानी गर्न नपाउने गरी नेपाल सरकारले संरक्षण प्रदान गर्नेछ ।